स्याङ्जामा इतिहास रच्दै पहिलो पटक माओवादी पार्टी निर्वाचित

No Comments

२६ मंसिर, स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’मा माओवादी केन्द्रका उम्मेदवार दिपक थापा निर्वाचित भएका छन् । थापाले  प्रतिद्वन्द्वी कांग्रेसका जिल्ला सभापति एवं पूर्वसांसद कमलप्रसाद पंगेनी
लाई हराएका हुन् ।

थापाले १७ हजार ३९२ र पंगेनीले १४ हजार ६६६ मत पाएका छन् ।

स्यांग्जा को इतिहासमा पहिलो पटक माओवादी पार्टी ले निर्वाचित पद जितेको हो ।

मंगलबार बिहान ११ बजेसम्मको परिणामअनुसार स्याङ्जामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु अगाडि छन् ।

क्षेत्रनम्बर १ मा प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार नारायण प्रसाद मरासिनीले कांग्रेसका राजु थापालाई ३ हजारभन्दा बढी मत अन्तरले पछि पारेका छन् ।

यसैगरी क्षेत्रनम्बर २ मा उपप्रधानमन्त्री समेत रहेका कांग्रेस नेता गोपालमान श्रेष्ठ एमाले उम्मेदवार पद्मा अर्यालसँग २७ सय भन्दा बढी मत अन्तरले पछि परेका छन् ।

प्रदेशसभा तर्फ क्षेत्रनम्बर २ (क)एमाले उम्मेदवार मोहनप्रसाद रेग्मी र २
(ख) माओवादी उम्मेदवार सुर्यप्रसाद गैह्रे अगाडि छन् ।

Categories: Business, Careers

Leave a Reply

Facebook Auto Publish Powered By : XYZScripts.com
%d bloggers like this: