Month: February 2018

अर्थमन्त्री खतिवडाका पाँच प्रतिबद्धता

No Comments

अर्थमन्त्री युवराज खतिवडाले आफ्ना मान्यता अनुसार अर्थ मन्त्रालय हाँक्ने बताएका छन्। खतिवडाले निरन्तर राज्यको सुपरिवेक्षणमा खुल्ला बजारको वकालत गर्दै आएका छन्। सपथ लगत्तै अर्थमन्त्रालयको पदभार ग्रहण गर्दै खतिवडाले आफ्ना मान्यताहरु कार्यान्वयन गर्ने बताएका हुन्।

‘पदमा रहँदा र नरहँदा पनि मेरा केही मान्यताहरु छन्। ती मान्यताहरु हामीले अपनाउँदै आएका निति भन्दा धेरै टाढा छैनन्’, खतिवडाले कर्मचारीहरुलाई निर्देशन दिदैँ भने, ‘राज्यको भूमीका नेतृत्वदायी र अविभावकीय हुन्छ। नागरिकको आर्थिक सुरक्षाको जिम्मेवारी राज्यले लिन्छ। त्यो लिने क्रममा निजी क्षेत्र, सहकारी र सामुदायीक क्षेत्रसँग सहकार्य गर्छ। परिपुरक सहयात्रा हुन्छ।’

उनले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदैँ काम गर्न र काम गर्ने वातावरण तयार गर्न समेत सुझाए। अर्थमन्त्री खतिवडालाई अर्थमन्त्रालयमा स्वागत गर्दै अर्थ सचिव शंकरप्रसाद अधिकारीले देशको आर्थिक अवस्था समस्याग्रस्त रहेको बताएका थिए।

‘देशको अर्थतन्त्र मिश्रित छ। आर्थिक अवस्था समस्याग्रस्त छ’, अधिकारीले भने, ‘अर्थतन्त्र बुझेका विद्वान अर्थमन्त्री नियुक्त हुनु भएको छ। उहाँ अर्थतन्त्रको अवस्था र सूचनामा अपडेट हुनुहुन्छ। यो भन्दा बढी आमाको अगाडी मामाको बखान गरे जस्तो हुन जान्छ।’

अधिकारीको सम्बोधन लगत्तै अर्थमन्त्री खतिवडाले मन्त्रालयमा आफू पाँच अजेण्डा लिएर प्रवेश गरेको उल्लेख गरे –

नव नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडा मन्त्रालयमा पदभार ग्रहण पछि मातहतका कर्मचारीहरु लाई निर्देशन दिदै । तस्बिर रोशन सापकोटा/रासस

पहिलो : निरन्तरतामा परिमार्जन गरेर अगाडी बढ्ने

खतिवडा नयाँ संविधान बनिसकेको अवस्थामा नेपालको आर्थिक नीतिबारे थप बहस आवश्यक नरहेको बताए। उनले नयाँ संविधानले अगाडि सारेका मौलिक हक र राज्यको निर्देशक सिद्धान्त कार्यान्वयन गर्ने उल्लेख गरे।

‘राज्यको निर्देशक सिद्धान्तमा जे भनिएको छ त्यसलाइ कार्यान्वयन गर्ने तर्फ लाग्नुपर्छ।’

दोश्रो : बाम गठबन्धनको प्रतिबद्धता कार्यान्वयन

खतिवडाले आफ्नो कार्यालयमा बाम गठबन्धनका अगाडी सारेको चुनावी प्रतिबद्धता कार्यान्वयन गर्ने प्रतिबद्धता  व्यक्त गरे। उनले अन्तराष्ट्रिय समुदायसँग मुलुकका विषयमा गरिएको प्रतिबद्धता कार्यान्वयनको तहमा पुर्‍याउने दावी गरे।

नेपालले केहि समय अघि मात्र मुलुकलाई अति कम विकसितबाट विकाशउन्मुख राष्ट्रको हैसियतमा नपुर्‍याउन राष्ट्रसंघलाई आवेदन गरेको छ। तर खतिवडाले मुलुकलाई प्रतिबद्धता अनुसार कार्यान्वयनको तहमा जाने बताएका छन। उनले निजी क्षेत्रका लागि राज्यको भूमीका परिपुरक हुने बताए।

‘राज्यको भूमीका नेतृत्वदायी र अविभावकीय नागरिकको आर्थिक सुरक्षाको जिम्मेवारी राज्यले लिन्छ। त्यो लिने क्रममा निजी क्षेत्र सहकारी र सामुदायीक क्षेत्रसँग सहकार्य गर्छ। परिपुरक सहयात्रा हुन्छ। राज्यको भूमीका परिपुरकको हुनेछ।

तेश्रो : अर्थतन्त्रका समस्या समाधान

खतिवडाले नेपालको अर्थतन्त्रको व्यवस्थापनका क्रममा वित्तिय अनुशासन राख्न पहल गर्ने बताए।

‘म आफैँ वित्तिय अनुशासन कायम राख्नु पर्दछ भन्ने मान्यता राख्ने मान्छे भएकाले यो आर्थिक क्षेत्रका अनियमितता अन्त्य गर्नै पर्छ’, खतिवडाले भने, पहिलो त के प्रण गर्छौँ भने सरकारी वित्त प्रणालीमा पारदर्शिता अपनाउँछौँ, अनुशासन अपनाउँछौँ।’

उनले अर्थतन्त्रको समस्या समाधानका लागि वित्तिय प्रणालीमा सुधार गरेर स्थायित्व ल्याउने बताए।

नियार्तले र आयातले धान्न नसक्ने अवस्था रहेसम्म नेपालमा भुक्तानी असन्तुलन रहने उनले उल्लेख गरे।  ‘भुक्तानी असन्तुलन बाह्य कारणले रहि रहने समस्या हैन’, खतिवडाले भने, ‘आर्थिक व्यवस्थापन ठिक ढंगले गर्न नसकेका कारण भएको समस्या हो। जति पनि संरचनात्मक समस्या सुधार गरेर वित्तिय स्थायीत्व ल्याउँछौँ।’

नव नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडा मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्बिर रोशन सापकोटा/रासस

चौथो : उच्च आर्थिक वृद्धि

खतिवडाले उच्च आर्थिक वृद्धि लक्ष्य भएको र त्यसका लागि निजी क्षेत्रको इन्जिन तगडा हुनुपर्ने बताए। ‘परिकल्पना गरेका विकास आयोजन र पूर्वाधारहरु र जुन प्रकारको समाज निर्माण गर्न खोजेका छौँ’, खतिवडाले भने, ‘निजी क्षेत्र हामीसँग सहकार्य गरेर जानुपर्छ। लगानी बढाउनका लागि लगानी बोर्डलाई क्रियाशिल तुल्याउँदै अगाडि बढाउने। निर्णय प्रक्रिया छिटो छरितो तुल्याउनु पर्ने छ।’

पाँचौ : अन्तराष्ट्रिय सहयोग राष्ट्रिय चासोका क्षेत्रमा

खतिवडाले आफ्नो सरकारले अन्तराष्ट्रिय सहयोग भित्र्याउन भूमीका खेल्ने बताए। ‘व्यापार, लगानी र प्रविधी हस्तान्तरण गर्ने सम्बन्धमा हामीले अन्तराष्ट्रिय सहयोग राष्ट्रको अनुकुल परिचालन गर्नुपर्नेछ’, खतिवडाले भने, ‘अन्तराष्ट्रिय सहयोगलाई राष्ट्रिय प्राथमिकताका आधारमा परिचालन गर्नुपर्छ। क्षमता विकास गर्ने गरि सदुपयोग गर्छौँ। बढी भन्दा   बढी अन्तराष्ट्रियसदुपयोग पाउने गरि अगाडि बढाउनेछौँ।’

देशको वर्तमान अवस्था र भविष्यमा चाल्नुपर्ने कदमका बारेमा बाेलेका सचिवहरुले पटपटक विद्धान अर्थमन्त्री भन्दै खतिवडाले यो संकटको समाधान गर्नसक्ने आशा व्यक्त गरेका थिए।

चालु वर्षको अहिलेसम्म मुद्रा स्फ्रीति बाहेक अरु सबै सुचकांकहरु त्यति धेरै सकारात्मक नभएको राजश्व सचिव शिशिर कुमार ढुंगानाले अवगत गराए।

विप्रेशन आउनेक्रम घटेको, आयात बढेकोले चालु र शोधानन्तर खाता चिन्ताजनक अवस्थामा पुगेको उनको भनाइ छ।

चालु वर्षको छ महिनामा चालु खाता ७५ अर्ब ७१ करोड र शोधानन्तर ६ अर्ब ६६ करोड रुपैयाँले घाटामा छ।

बजेटको व्यवस्थापन निकै चुनौतिपुर्ण मोडमा पुगेको र बजेटरी अराजकता हाबी हँुँदै जाँदा भविष्यमा संकट टार्न गाह्रो पर्ने सचिव ढुंगानाको भनाइ छ।

‘लक्षित बजेट खर्च हुन सकिरहेको छैन अर्कोतिर अहिले पनि बजेट बाहिर गएर चार÷पाँच खर्बको माग भएको छ’ उनले मन्त्रीलाई अवगत गराउँदै भने,‘हामीले १४५ अर्ब को वार्षिक आन्तरिक ऋणको सिमामा अहिले नै ११४ अर्ब उठाइसकेका छौं।’

गैरकरतर्फको राजश्वले जेनतेन लक्ष्य पुगेपनि करतर्फ उल्लेख्य नबढ्दा स्रोत संकुचित हुँदै गएको र अर्कोतिर खर्चको पारो बढ्दा चुनौति थपिएको उनको भनाइ थियो।

अर्थसचिव शंकरप्रसाद अधिकारीले चुनौतिहरु तमाम् भएपनि समाधानको सिमा बाहिर नपुगेको प्रष्ट पारे।

‘समस्याहरु छन् राजश्व चुहावटदेखि वजेटरी अराजकतासम्म हाम्रा समस्या जस्ताका तस्तै छन् यसबारेमा अर्थमन्त्री आफै जानकार पनि हुनुहुन्छ’ उनले भने,‘योजना र अनुशासनमा बाँधिने प्रणालीको विकास नै मुख्य सारोकार हो।’

अर्थमन्त्री खतिवडाले देशको अर्थतन्त्र त्यति सहज र नियन्त्रण बाहिर पनि नगएको बताए। र संकटकै बेला क्षमताको पहिचान हुने भएकोले आफू सबैको साथमा समाधान गर्न तयार भएको बताए।

‘समस्यकै समयमा हो क्षमताको पहिचान हुने, यही समस्या समाधानको अवसर अहिले मलाई प्राप्त भएको छ’ उनले भने,‘अहिलेका समस्या अल्पकालिन हुन् जुन सयुक्त प्रयासबाट समाधान हुन्छन्।’

Setopti bata

Categories: Mirmee News

सिरिया युद्दको कारण सामान्य जानकारी ।

No Comments

सिरियामा चलिरहेको युद्द सिभिल वार नभएर सिभिल अनरेस्ट वार हो । यो सन २०११ मा सुरु भएको थियो । अहिले भैराखेको सरकार हटाएर सेकुलर सरकार निर्माण गर्ने उद्देश्य अनुरुप त्यहिका नागरिकहरुले सरकार बिरुद्द गरेको युद्द हो ।तिनै क्रान्तीकारी नागरिकहरु मिलेर फ्री सिरियन आर्मी नामक बिद्रोही शक्तिको निर्माण गरे । यो समुहलाइ युरोप देशहरु अमेरिका, युके, फ्रान्स, जर्मनी र अरब देशहरु साउदी कतार जोर्डन र टर्किको पुर्ण सपोर्ट छ ।

कतार चाहिँ सरकार र बिद्रोही दुबैलाइ सहयोग गर्दैछ ।

यो युद्द्लाइ एक किसिमको धार्मिक युद्द पनि मान्न सकिन्छ । सिरियामा १३ % सिया धर्म मान्ने छन भने ८३% सुन्नी धर्म । अहिलेका राष्ट्रपती बसर अल असद सिया हुन । माइनोरिटिले मेजरिटिलाइ शासन गरेको भनेर पनि बुझ्न सकिन्छ ।

सिरियामा चलिरहेको युद्द प्रोक्सी युद्द / शीत युद्द पनि हो । किनकी असद सरकारलाइ रसिया सपोर्ट गर्दैछ । त्यसैगरी इरान र चाइना पनि असदकै सपोर्टमा छन । तर चाइनाले आर्मी या हतियार सहयोग गरेको छैन । त्यहाको रिबेल ग्रुपलाइ अमेरिकाको सपोर्ट छ ।

यहाँ अर्को र्याडिकल अपोजिसन चरमपन्थी गुट पनि छ । जो असदको सरकार हटाएर इस्लामिक सरकार बनाउन चाहन्छ । जवात अल नुस्रा त्यहाको ठूलो चरमपन्थी गुट हो । अल काइदाको शाखा हो यो । त्यही शाखाले २०१६ मा नाम फेरेर जवात फतेह अल साम भएको छ । यो आतंकबादी समुहलाइ साउदी कतारले सपोर्ट गर्दैछन ।

कुराहरु धेरै छन तर यिनै कारणहरुको सेरोफेरोमा सिरियामा युद्द चलिरहेको छ । लाखौ शरणार्थी भएर जोर्डन लेबनन र टर्की गए । कोहि युरोप छिरे । दुई करोड जनसंख्या भएको देश सिरियाका लगभग आधा जनसंख्या तितर बितर हुदैछन । युद्द भएदेखि आजसम्म लगभग अढाइ लाख मानिस मारिइसके । लगभग ६० % प्रतिशत बेरोजगार भएको सिरिया दिनानुदिन आर्थिक बर्बादितिर धकेलिदै छ । दुनियाकै पहिलो सभ्यता मेसोपोटोमिया को सुरुवात सिरियाबाट भएको हो । ।।।।।copied

Categories: Mirmee News

प्रधानमन्त्री कार्यालयले क्षमतावान् र सक्रिय कर्मचारी ल्याउने

No Comments

नयाँ सरकार गठनसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो पुुनर्गठनको काम अघि बढाएको छ । नयाँ परिवेशअनुसार सक्रिय र प्रभावकारी बनाउन कार्यालयलाई पुनर्संरचना गर्न लागिएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो । मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा पुनर्गठनको काम अघि बढिसकेको प्रधानमन्त्री कार्यालयका एक सचिवले जानकारी दिए ।  ती सचिवले आफ्नो नाम भने खुलाउन चाहेनन् ।

उनका अनुसार अहिलेको संरचनाबाट प्रभावकारी कार्यसम्पादन हुन नसकेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नै पुनर्गठन गर्नुपर्ने इच्छा व्यक्त गरेका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि यही संरचनाबाट प्रभावकारी भूमिका देखाउन नसक्ने निष्कर्ष निकालेको छ ।

सरकारले मन्त्रिपरिषद्को कार्यालयको पुनर्गठन गरी समग्र देशको भ्रष्टाचार नियन्त्रण, आर्थिक समृद्धि र सुशासनमा भूमिका खेल्न सक्ने बनाउन खोजिएको जनाएको छ । नयाँ पत्रिकासँग कुरा गर्दै ती सचिवले भने, ‘अहिलेको संरचनाबाट जाँदा मुलुकको समस्या हल गर्न सकिँदैन भन्ने निष्कर्षमा पुगेपछि पुनर्गठनको काम भइरहेको छ ।

क्षमतावान् र सक्रिय कर्मचारी ल्याउने
अहिलेसम्म प्रधानमन्त्री कार्यालयमा कस्ता कर्मचारी रहने भन्ने मापदण्ड थिएन । अब भने लोकसेवाबाट सर्वोकृष्ट ठहर भएका, सिर्जनशील र कुनै कार्यालयमा बसेर सुशासन तथा व्यवस्थापनमा उदाहरणीय काम गरेका कर्मचारीलाई आवश्यकताका आधारमा प्रधानमन्त्री कार्यालयमा तान्ने तयारी मन्त्रिपरिषद् कार्यालयले गरेको छ । अहिले कार्यरतमध्ये धेरै कर्मचारी हट्न सक्ने मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । पुनर्गठनको काम भइरहेकाले मन्त्रिपरिषद् कार्यालयले यस विषयमा औपचारिक धारणा बाहिर ल्याएको छैन ।

कस्तो बन्छ अबको प्रधानमन्त्री कार्यालय ?
अब प्रधानमन्त्री कार्यालयमा रहेका केही महाशाखा खारेज हुनेछ । केही शाखालाई थप शक्तिशाली बनाइँदै छ । स्रोतका अनुसार अहिले टिप्पणी उठाएर जानकारी मात्र गराउने काम गरिरहेको हेलो सरकारलाई थप शक्तिशाली र प्रभावकारी बनाउन खोजिएको छ । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा आर्थिक पूर्वाधार महाशाखालाई थप प्रभावकारी बनाइनेछ । प्रदेश र केन्द्र सरकारबीचको समन्वयका लागि प्रधानमन्त्री कार्यालयमा छुट्टै समन्वय महाशाखा गठन गरिँदै छ । नयाँ पत्रिकासँग कुरा गर्दै ती सचिवले भने, ‘आर्थिक समृद्धि, पूर्वाधार विकास र सुशासनलाई आधार बनाएर पुनर्गठन हुँदै छ ।’

Categories: Mirmee News, News

A Nepali Product: What is in your mind?

No Comments

Mahabir Pun, chairman of National Innovation center, Nepal has requested to share if anyone has idea on branding a new Nepali Food. Stating in his facebook status, Mr Pun wrote-
नेपाली ब्रान्डको एक दुइ वटा खानेकुराहरु बनाएर स्वदेशी अथवा बिदेशी बजारमा व्यापारीकरण गर्न कसैलाई ईच्छा,आईडिया र जाँगर छ भने छलफलको लागि सम्पर्क गर्नु होस्. यो कुरामा बिदेशमा बस्ने नेपालीहरुले अथवा NRNA हरु ले पनि आईडिया ल्याउन सक्नु हुनेछ. मेरो फोन 9841592361 Email: nicnepal.mahabir@gmail.com

नेपालमा उत्पादन हुने कृषीजन्य उपजहरु जस्तै कोदो, फापर, उवा, गहुँ, जौ जस्ता बिशेष अन्नहरु र जुनार जस्ता फलफुलहरु प्रयोग गरेर अन्तराष्ट्रिय स्तरको कुनै पनि विशिष्ट प्रकारका Food Product हरु (नुडल, पास्ता आदि जस्ता) को बिकास र उत्पादन गर्न सक्यो भने देशको आर्थिक बिकासमा टेवा पुग्ने थियो. त्यसैले यस्ता खाद्य पदार्थहरु बनाउनको लागी Food Technology, Flavor, Taste, Odor, Preservatives लगायतको बिषयमा दखल र जाँगर भएका कोही नेपालीहरु हुनु हुन्छ भने सम्पर्क राख्न अनुरोध गर्दछौ. राष्ट्रिय आविष्कार केन्द्रले आबश्यक पर्ने आर्थिक तथा टेक्निकल सहयोग सके सम्म गर्नेछ I आजको यो आईडिया अमेरिकी प्याटेन्ट प्राप्त चालक विहिन जहाज तथा Computer- Based Mind Reading Device का आविष्कारक रुचित कुमार रेग्मी भाइले राखेको हो I आइडिया राम्रो छ तर काम हुनु पर्यो. लौ त नेपाली भाई बहिनीहरु दिमाग लगाउँ र जाँगर देखाउँ त!!!

A cooment by Mak Bahadur Pun –हाम्रो गाँउघर तिर भुईस्याउ को उत्पादन राम्रो हुन्छ। यसको उपयोग कसरि गर्न सकिन्छ होला ?
मलाई यस बाट चिनी बनाउन सकिन्छ होला जस्तो लाग्छ।कसैले परिक्षण गर्न चाहेमा मलाइ makpun95@gmail.com मा email वा Facebook मा Tex गर्नु होला।

If you have any idea, Please comment, or directly email to nicnepal.mahabir@gmail.com

 

एमबिएस दोस्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित

No Comments

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७४ कात्तिक/मंसिर महिनामा सञ्चालित व्यवस्थापन संकायतर्फको स्नातकोत्तर तह (एमबिएस) दोस्रो वर्ष २०७३ सालको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ।

परीक्षा नियन्त्रण कार्यालयले बुधबार जनाए अनुसार उक्त परीक्षाको परीक्षाफल वेबसाइट www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ। नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ भने MBS (space) Roll Number टाइप गरी ३४९४९ मा एसएमएस पठाई प्राप्तांक प्राप्त गर्न सकिनेछ।

Categories: Education
Facebook Auto Publish Powered By : XYZScripts.com