Month: August 2017

एनआरएन कतारको युवा संयोजकमा स्याङजाकी माया केसी निर्वाचित

उत्तम भट्टराई/कतार
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१७–२०१९ को लागी युृवा संयोजकमा स्याङजाकी माया केसी निर्विरोध निर्वाचित भएकी छन् ।

माया केसी

विगत लामो समय देखी कतारमा व्यवशाय गर्दै आएकी केसी स्याङजाको हरीनास गाँउपालिका क्याक्मी निवासी हुन । एनआरएन कतारको युवा संयोजकमा दुई जनाको उम्मेदवारी परेपनि युवा संयोजक कै अर्का उम्मेदवार रुपन्देही सेवा समाज कतारका अध्यक्ष डिल्लीरा भट्टराईले अन्तिम मा आएर उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध निर्वाचित भएकी हुन् ।
युवा संयोजकमा सर्वसम्मत भएपछि उनले भनिन– “कतारमा रहेका नेपाली युवाहरुको सिप बिकास,क्षमता अभिवृद्घि,युवा उद्यमशिलतालाई उजागर गर्न युवा संयोजकको हैसियतबाट उचित संजाल बिस्तार गर्न प्रयत्न गर्नेछु ।”
कतारका विभिन्न सामाजिक कृयाकलापमा संलग्न केसी एक सफल व्यवशायी अलावा एक सामाजिक अभियन्ता समेत हुुन कतारमा केसीको उपस्थिती एउटा आसाको केन्द्रका रुपमा हेरीएको छ ।

 

 

एनआरएन कतार प्रदेश नं ४ को सदस्यमा स्याङजाका जैसीको उम्मेदवारी

उत्तम भट्टराई /कतार
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको प्रदेश नं चारको सदस्यमा घनश्याम जैसी (अर्याल)ले उम्मदवारी घोषणा गरेका छन् ।
स्याङजाको अर्जुनचौपारी गाँउपालिका वडा नं १ रैते घर भई हाल कतारको एक प्रतिष्ठित कम्पनीमा एक दशक भन्दा लामो समय देखी कार्यरत जैसीले मध्यपूर्व कतारमा कार्यरत नेपालीहरुको दुख सुखमा साथ दिएर दबिएर रहेका आवाजलाई बुलन्द पार्न आफुले उम्मेदवारी दर्ता गराएको जानकारी गराए ।

घनश्याम जैसी (अर्याल )

कतारको अग्रणी संस्था स्याङजा सहयोग समाज कतारको मौजुदा कार्यसमितिको उपाध्यक्ष पदमा रहेर काम गरीरहेका जैसी एनआरएनमा प्रबेश गर्न खाजेका हुन । स्याङजा सहयोग समाज अर्जुनचौपारी इकाई कतारका निर्वमान अध्यक्ष तथा हाल प्रमुख सल्लाहकार समेत रहेका जैसी थप जिम्मेवारी सहित एनआरएनएको मर्म र यसले उठाएका हरेक विषयबस्तुलाई कतारमा कार्यन्वयन गर्दै कतारमा रहेको एनआरएनए एनसीसीलाई अधिकतम नेपाली माझ पहिचान बनाउनका लागी पहल गर्ने बताए ।

 

मिर्मीमा युवा भेलाले के निर्णय गर्‍यो? पढ्नुहोस ।

No Comments


विश्व यूवा दिवसको अवसर पारेर कालिगण्डकी गाउँपालिका वडा नं ७, मिर्मीमा युवाहरुको विशेष भेला मिर्मी बहुमुखी क्याम्पस (निर्माणाधिन भवन) मा आज सम्पन्न भयो । भेलाले मुलत: यस क्षेत्रको आगामी दिनहरुमा हुने विकाश निर्माणका कार्यहरुलाई प्राथिमकतामा राखेको थियो । भेलामा बजेट बिनियोजन पस्चात अब यसको कार्यन्वयनलाई तिव्रता दिने तर्फ जोडतोडका साथ लाग्नु पर्ने र महत्वपूर्ण कामहरुलाई समयमै सक्न युवापंक्तिले बिशेष भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दीइयको थियो ।  खेलमैदान निर्माण, व्यवस्थित बसपार्कको अवधारणा, युवा स्रीजनशिल कार्यक्रम तथा अन्य महत्वपूर्ण बिषयमा भेलामा छलफल भएको थियो ।

स्वाइनफ्लु लाग्नबाट कसरी बच्ने?

स्वाइनफ्लु सरुवा रोग हो। यो एक स्थानबाट अर्को स्थानमा चाँडै फैलन सक्छ। त्यसैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। सरकारको इपिडिमियोलोजी रोग महाशाखाले पत्रकार सम्मेलन गरेर स्वाइनफ्लु भाइरस फैलिएकाले सबैलाई सचेत हुन विशेष आग्रह गरेको छ।

मिर्मी नजिकको र दैनिक यातायातमा अोहोर-दोहोर हुने  स्याङजाको वालिङमा १८४३ जनाको जाँच गर्दा ६२८ जनामा रुघाखोकी र सय जनामा जाँच गर्दा ४० जनामा उच्च ज्वरो देखिएको छ। वालिङमा स्वाइनफ्लुको महामारी फैलन सक्ने भन्दै सरकारी डाक्टर टोली त्यहाँ औषधिसहित पुगगेको महाशाखाका निर्देशक भीम आचार्यले बताएका छन्। अन्य ठाउँबाट जानकारी नआइसकेको उनले बताए।

अहिलेसम्म ६ जनाको मृत्यु र २०२ जनामा स्वाइनफ्लु देखिएको आचार्य बताउँछन्। यो संख्या बढ्दै जान सक्ने उनले सचेत गराएका छन्।

कसरी बच्ने? उपचार: 

निर्देशक आचार्यका अनुसार ‘टमिफ्लु’ नामक भ्याक्सिन लगाएमा एचवानएनवान नामक भाइरसले शरीरमा संक्रमण गर्दैन। यो १ वर्षसम्मको लागि हुन्छ। एक डोजको लागि १२ सय पर्ने भएकाले अनावश्यक मानिसले भ्याक्सिन नलगाउँदा पनि केही नहुने आचार्य बताउँछन्। 

आचार्यका अनुसार स्वाइनफ्लु भइसकेपछि स्वासप्रस्वास बन्द हुने, शरिरका अंगहरु फेल हुने, पाचन प्रणालीले काम नगर्ने र अचेत हुने जस्ता जटिल अवस्था देखा पर्छ। त्यसैले रुघाखोकी र ज्वरो मात्र आएमा पनि स्वास्थ्य संस्थामा जानुपर्ने आचार्य बताउँछन् । 

सन्२००९ बाट स्वाईन फ्लू महामारीको रुप लिएको पाईन्छ। बार्षिकरुपमा swine flu vaccine लिएमा यसको रिस्कबाट बच्न सकिन्छ। सुंगुरमा लाग्ने यो रोग २००९ बाट मान्छेमा समेत भेटिएको हो। यो सरुवा रोग भएकाले रोगलागेको मान्छे मान्छेको हुलमा नजाने, उपचार गर्ने र सके सम्म साधारण रुघा लागे पनि चेक गराउने गरौं। 

The best means of dealing with swine flu is to prevent it. Hand sanitization is important to stop the spread of the virus. Staying away from infected people will help stop person-to-person transmission.

Like other strains of the flu, H1N1 is highly contagious, allowing it to spread quickly from person to person. A simple sneeze can cause thousands of germs to spread through the air. The virus can linger on tables and surface areas like door knobs, waiting to be picked up.

Facebook Auto Publish Powered By : XYZScripts.com