Category: Alamdevi Temple

हिमानीलाई मिर्मीमा स्वागत

छोरा हृदयन्द्र र छोरीहरु कृतिका र पूणिर्माको साथमा आलमदेवीको दर्शन गर्न स्याङ्जा आएकी हिमानी शाहलाई मिर्मीमा स्वागत गरिएको छ। हिमानीको स्वागतमा स्थानीयको बाक्लो उपस्थीती रहेका थियो । राजपरिवारको कुलदेवताको मन्दिर आदमदेवीको दर्शन गर्न स्याङ्जा आएको मौका छोपी स्थानियवासीहरुले स्वागत गरेका हुन्।  मन्दिरको दर्शन पछि हिमीनी पोखरा फर्कने कार्यक्रम छ । 

साथै, उनलाई पुतलीबजारको प्रगतिनगर, वालिङ् र गल्याङ्मा समेत स्वागत गरिएको थियो।

शोभाखर भट्टराईको घिसृएर आलम देबि पुग्ने कठोर तपस्या

स्याङ्जा जिल्ला मिर्मी फांट निवासि शोभाखर भट्टराईले  कठोर तपस्या पुरा गर्नुभएको छ। मिर्मी देखि आलम देबि सम्म झन्डै १२ किलो मिटरको मार्ग लम्पसार(घिसृएर) पुग्ने र आलम देबिको दर्शन पुरा गर्नुभएको  थियो।  उहाँको यस कठोर तपस्या लाई आत्मसार गर्दै यसै कार्यको सहयोगार्थ हर्मिचौर भजन मन्डलिको सहयोगबाट वाद्य बाजन भजन कृतन द्वारा शोभाखर भट्टराई जि लाई मन्दिर सम्म पुग्नको लागि सहयोग  गरिएको थियो ।

शोभाखर भट्टराई

Categories: Alamdevi Temple Tags: Tags:
Facebook Auto Publish Powered By : XYZScripts.com