Author: Mirmee Reporter-UB

बम अथवा बिष्फोटक पदार्थ भेटिएमा के गर्ने ?

No Comments

”शंकास्पद कुरा जस्तै प्रेसर कुकर, तारका या डोरी जत्था, गुडिया, रेडियो, प्याकेटका सामान, गिफ्ट जस्ता कुरा, खेलौना, असाधारण आवाज या बाफ उडेका कुराहरु लगायत शंकास्पद कुराहरु बम हुन सक्दछन् । कसैले झारेको मुल्यवान सामानका रुपमा यिनलाई बेवारिसे छाडिएको हुनसक्दछ, सतर्क रहनु होला ।”

चुनावी माहोलमा दिनै जसो बम अनि बिष्फोटनका घटनाहरु आइरहेका छन् । घर, गाँउ, चोक अनि चौराहमा यस्ता बिष्फोट अनि निष्क्रिय पारिएका घटनाहरु सुनिरहेकै छौ, हैन र ?
आउनुहोस् आज जानकारी लिउ, यदि हामीले बम या बिष्फोटक पदार्थ देखिहालेमा या भेटि हालेमा के गर्ने र कसरी सुरक्षित रहने भन्ने बिषयमा ।

बिष्फोटक पदार्थ बनाउने मुख्य सिद्धान्त नै चापको आधारमा रहेको हुन्छ, कुनै पनि बस्तु या पदार्थमा एक्कासी चापको प्रवाह अत्याधिक गरेर चाप निष्काषन एकैसाथ एक्कासी अनि सानो मार्गद्धारा गराउनाले चापको बिष्फोट हुन्छ ।
बमहरु लाई मुख्यतया तिन भागमा बिभाजन गरिएको छ । बेलुन, बियर क्यान, ब्वाइलर, टायर, प्रेशर कुकर लगायत घरायशी प्रयोगमा ल्याउन सकिने कुराहरुलाई बमका रुपमा प्रयोग गरिन्छ जून प्रथम प्रकारका बम या बिष्फोटक पदार्थको सूचीमा राख्न सकिन्छ । दोश्रो सूचीमा टीएनटी, ब्ल्याक पाउडर, हाते ग्रिनेड, डाइनामाइट, डिटोनेटर आदि पर्दछन् । तेश्रो श्रेणीमा भने थर्मोन्यूक्लिएर बमहरु पर्दछन जसको खतरा या सामना हामीले गरेका र गर्नुपर्ने कम संभावना छ ।


बिष्फोटक पदार्थको सही जानकारी र सावधानी नभएमा धेरैको ज्यान जोखिममा पर्न सक्दछ ।
सर्वप्रथम यदि हामीले बिष्फोटक पदार्थ भेटिएमा नआत्तिकन अनि सावधानीपूर्वक कदम चाल्न पर्दछ । हाम्रो सावधानीले मात्र हामीलाई बिष्फोटनबाट जोगाउन सक्दछ । फिल्ममा देखिएका बमहरु जस्तै झिमिल या टिलपील रुपमा बत्ति बलेका पदार्थ मात्र बम हैनन, बम हामीले दैनिक जीवनमा प्रयोग गर्ने जे कुरा पनि हुनसक्दछ ।
शंकास्पद कुरा जस्तै प्रेसर कुकर, तारका या डोरी जत्था, गुडिया, रेडियो, प्याकेटका सामान, गिफ्ट जस्ता कुरा, खेलौना, असाधारण आवाज या बाफ उडेका कुराहरु लगायत शंकास्पद कुराहरु बम हुन सक्दछन् । कसैले झारेको मुल्यवान सामानका रुपमा यिनलाई बेवारिसे छाडिएको हुनसक्दछ, सतर्क रहनु होला ।यस्ता कुराहरुलाई छुन या चलाउन भने हुँदैन् । वरपरवाट कुनै हलचल पनि नहोस र वरपरबाट मान्छेहरु लाई हटाउनुहोस् । यसरी हटाँउदा सकेसम्म आफू सहीत सबैजना धेरै पर जानुहोस किनभने बमको प्रकृती हेरेर बिष्फोटन क्षमता थाहा हुँदैन अनि बम बिष्फोट हुदा छर्राबाट जोगिन पनि धेरै पर बस्न जरुरी छ । धेरै होहल्ला र चर्को आवाज नभएको जाती मानिन्छ, यस्तो समयमा सकेसम्म मोबाइल या अन्य बिधुतीय सामानहरु नजिक हुने गरि नचलाउन पनि सल्लाह दिइन्छ । अनि कुनै ठूलो भवन माथि भएका बेला बम या बिष्फोट बाट भाग्न परेमा सकेसम्म लिफ्टको प्रयोग नगरि सिढीं नै प्रयोग गर्दा सुरक्षित हुने अध्यनले जनाँउदछ । सकेसम्म शिघ्र समबन्धीत अधिकारीलाई जानकारी गराउन पर्दछ । यसरी जानकारी गराँउदा नजिकैको प्रहरी कार्यलयमा जानकारी गराउन पर्दछ । यसरी बम या बिष्फोटक पदार्थ को शंका या भेउ पाएपछि हामी सर्तक रहनुपर्दछ र यदि एक्कासी बिष्फोटन भएमा या हुनेभएमा भने हामीले निम्न सर्तकता अपनाउन पर्दछ । भएको बाटो, सवारी साधन या घरमा बम रहेको जानकारी पाएमा सावधानी पूर्वक स्थान छोड्न जरुरी हुन्छ तर संभव नभएमा भने कुनै बस्तु या भित्ताको सुरक्षित आडमा बस्ने, फुट्ने सीसा या झ्याल वरपर नबस्ने र अरु संभवत जोखिम हुने या झरेर लाग्ने फुटने कुरावाट टाढा बस्न जरुरी हुन्छ । स्मरण रहोस देख्दा सानो देखिएपनि बम या बिष्फोटक पदार्थको असर भने भयानक हुन सक्दछ, तसर्थ माप्पाको भएर छुने या फाल्न खोज्ने, चलाउने गर्नुभयो भने आफ्नो लगायत अरुहरुको पनि जीवन जोखिममा पर्नसक्दछ ।
आफु पनि जोगीऔं अनि अरुलाई पनि बचाऔं । यी जानकारीहरु जर्जीया बिश्वबिधालयमा सुरक्षा संयन्त्र अध्यनरत बिधार्थीहरुको शोधका आधारमा तयार पारिएको प्रतिवेदनबाट लिइएको हो ।

स्राेत: हाम्रो पात्रो

विश्वभर रहेका स्याङ्जालीहरु आज वालिङमा भेला हुँदै

No Comments

उत्तम भट्टराई,आश्विन २६


स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति को दोश्रो विश्व सम्मेलन आज स्याङ्जामा हुँदैछ ।

 

“समृद्ध स्याङजाका लागि विश्व अभियान” भन्ने मूल नाराका साथ हुने सम्मेलनको उद्घाटन नेपाल सरकारका माननीय उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले गर्ने बताइएको छ । वालिङ स्थित मगर समाजको सभाहलमा हुने सम्मेलनमा बिभिन्न १२ देशका स्याङ्जाली हरुको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलनले २ वर्षका लागि नयाँ नेतृत्व समेत चुन्नेछ ।

विदेशमा सिकेको सीप, ज्ञान र अनुभव स्याङजामा लगाएर समृद्ध स्याङजा बनाउने उद्देश्यले स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरिएको बताउँदै सबैलाई दोश्रो विश्व सम्मेलनमा सहभागिता जनाएर सफल पार्न समितिका अध्यक्ष चन्द्र बहादुर रोकाहाले स्याङजाबासी दाजुभाई तथा दिदीबहिनीहरु सबैमा अाग्रह गरेका छन् ।

एनआरएन कतारको युवा संयोजकमा स्याङजाकी माया केसी निर्वाचित

उत्तम भट्टराई/कतार
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आगामी कार्यकाल २०१७–२०१९ को लागी युृवा संयोजकमा स्याङजाकी माया केसी निर्विरोध निर्वाचित भएकी छन् ।

माया केसी

विगत लामो समय देखी कतारमा व्यवशाय गर्दै आएकी केसी स्याङजाको हरीनास गाँउपालिका क्याक्मी निवासी हुन । एनआरएन कतारको युवा संयोजकमा दुई जनाको उम्मेदवारी परेपनि युवा संयोजक कै अर्का उम्मेदवार रुपन्देही सेवा समाज कतारका अध्यक्ष डिल्लीरा भट्टराईले अन्तिम मा आएर उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध निर्वाचित भएकी हुन् ।
युवा संयोजकमा सर्वसम्मत भएपछि उनले भनिन– “कतारमा रहेका नेपाली युवाहरुको सिप बिकास,क्षमता अभिवृद्घि,युवा उद्यमशिलतालाई उजागर गर्न युवा संयोजकको हैसियतबाट उचित संजाल बिस्तार गर्न प्रयत्न गर्नेछु ।”
कतारका विभिन्न सामाजिक कृयाकलापमा संलग्न केसी एक सफल व्यवशायी अलावा एक सामाजिक अभियन्ता समेत हुुन कतारमा केसीको उपस्थिती एउटा आसाको केन्द्रका रुपमा हेरीएको छ ।

 

 

एनआरएन कतार प्रदेश नं ४ को सदस्यमा स्याङजाका जैसीको उम्मेदवारी

उत्तम भट्टराई /कतार
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको प्रदेश नं चारको सदस्यमा घनश्याम जैसी (अर्याल)ले उम्मदवारी घोषणा गरेका छन् ।
स्याङजाको अर्जुनचौपारी गाँउपालिका वडा नं १ रैते घर भई हाल कतारको एक प्रतिष्ठित कम्पनीमा एक दशक भन्दा लामो समय देखी कार्यरत जैसीले मध्यपूर्व कतारमा कार्यरत नेपालीहरुको दुख सुखमा साथ दिएर दबिएर रहेका आवाजलाई बुलन्द पार्न आफुले उम्मेदवारी दर्ता गराएको जानकारी गराए ।

घनश्याम जैसी (अर्याल )

कतारको अग्रणी संस्था स्याङजा सहयोग समाज कतारको मौजुदा कार्यसमितिको उपाध्यक्ष पदमा रहेर काम गरीरहेका जैसी एनआरएनमा प्रबेश गर्न खाजेका हुन । स्याङजा सहयोग समाज अर्जुनचौपारी इकाई कतारका निर्वमान अध्यक्ष तथा हाल प्रमुख सल्लाहकार समेत रहेका जैसी थप जिम्मेवारी सहित एनआरएनएको मर्म र यसले उठाएका हरेक विषयबस्तुलाई कतारमा कार्यन्वयन गर्दै कतारमा रहेको एनआरएनए एनसीसीलाई अधिकतम नेपाली माझ पहिचान बनाउनका लागी पहल गर्ने बताए ।

 

कालीगण्डकीले बगाएर एक किशोर बेपत्ता

स्याङ्गजा

गल्याङ नगरपालिका वडा न ११ जिमुहाँ विराैटा घाट कालीगण्डकीमा करिव १२ वजेकाे समयमा पाैडी खेल्दै गरेका गल्याङ नगरपालिका वडा न ६ पीडिखाेला निवासी बर्स १९का दिनेश सुनार बेपत्ता भएका हुन ।

लेवर काम गरेर अाफ्नाे जिवीका निर्वाह गरेका सुनार वुटवल पावर कम्पनीका लागि ढंुग संङकलन गरेका र केही समय पाैडी खेल्न गएकाे उनका साथी संगै लेवरकाम गरेका पर्बत जिल्ला देउराली गाउँपालिका वडा नं ९ वस्ने बर्स १५का डेमु परिवारले जनाएकाे प्रहरी चाैकी गल्याङका प्रमुख जगदीश तिमिल्सिनाले जानकारी गराउनु भएकाे थियाे । बेपत्ता भएका सुनारकाे खाेजी जारी रहेकाे  प्रहरीले जनाएकाे छ।

Facebook Auto Publish Powered By : XYZScripts.com