Author: Mirmee Reporter

शिक्षक पदपूर्ति: आन्तरिक र खुला प्रतिस्पर्धा सँगसँगै खुलातर्फ साढे १२ हजार पदमा विज्ञापन खुलाइने प्राथमिक तहमा मात्रै १० हजार

काठमाडौँ — शिक्षकको आन्तरिक र खुला प्रतिस्पर्धा एकैचोटि गर्ने गरी शिक्षक सेवा आयोगले तयारी अघि बढाएको छ । आयोगका अनुसार खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षक नियुक्त गर्न करिब साढे १२ हजार पदमा विज्ञापन खुलाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोगका अध्यक्ष ताना गौतमले प्राथमिक तहमा मात्रै १० हजार पदमा विज्ञापन गर्ने गृहकार्य भइरहेको जनाए । निम्न माध्यमिक र माध्यमिक तहका लागि २ हजार ५ सय पदमा विज्ञापन गरिने उनको अनुमान छ । ‘तयारी गरिराखेका छौं, यो अनुमानित तथ्यांक हो,’ गौतमले भने, ‘छिट्टै खुलाको विज्ञापन गर्छौं ।’ शिक्षा विभागले रिक्त दरबन्दीको विवरण दिएलगत्तै विज्ञापन गर्ने गृहकार्य आयोगले थालेको हो ।

२०६९ पछि प्राथमिक तहका लागि स्थायी शिक्षक छनोट गर्न परीक्षा हुन लागेको हो । ‘लामो समयपछि प्राथमिक तहका लागि परीक्षा सञ्चालन गर्न लागिएकाले धेरै संख्या आवश्यक भएको हो,’ उनले भने । निम्न माध्यमिक र माध्यमिक तहका लागि भने ०७१ र ०७२ सालमा पनि आयोगले परीक्षा लिएर शिक्षक नियुक्त गरेको थियो । स्थगित अस्थायी शिक्षकको परीक्षा पनि एकै समयमा गर्ने गरी तयारी भइरहेको आयोगले जनाएको छ । यसअघि आन्तरिक र खुला प्रतिस्पर्धा एकैचोटि गर्ने भन्दै आयोगले अस्थायी शिक्षकको गत चैत २३ गते तोकिएको परीक्षा स्थगित गरेको थियो ।

आन्तरिक प्रतिस्पर्धाका लागि प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका २२ हजार ७६ पदमा विज्ञापन गरिएको थियो, जसमा २३ हजार ३ सय अस्थायी शिक्षकले आवेदन दिएका छन् । ‘खुलाको विज्ञापन गरेर स्थगित आन्तरिक परीक्षाको पनि मिति तोक्छौं,’ अध्यक्ष गौतमले भने । अस्थायी शिक्षक र विद्यार्थी संगठनले छुट्टाछुट्टै आन्दोलन गरेपछि परीक्षा स्थगित गरिएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले दुवै परीक्षा एकै दिन गर्ने गरी तालिका सार्वजनिक गर्न आयोगलाई सुझाव दिएको स्रोतले जनायो । आयोगले भने आन्तरिक व्यवस्था मिलाएर खुलातर्फ सबै पदमा प्रतियोगीहरू सहभागी हुन पाउने गरी परीक्षा तालिका बनाउने जनाएको छ ।

आन्तरिकतर्फ ०७२ अघि अस्थायी सेवामा प्रवेश गरेका शिक्षकको दरखास्त लिएर परीक्षा लिन लागिएको हो । अस्थायी शिक्षकले भने परीक्षा लिएर बिदाइ गर्न लागिएको भन्दै सामान्य प्रक्रियाबाट स्वत: स्थायी गर्नुपर्ने माग राख्दै आएका छन् ।

विद्यार्थी संगठनहरूले अस्थायी शिक्षकलाई सामान्य परीक्षाबाट स्थायी गरिन लागिएको भन्दै खुला प्रतिस्पर्धा माग गर्दै आन्दोलन गरेका थिए । शिक्षक र विद्यार्थीको दुईतर्फी आन्दोलनका कारण परीक्षा रोकिएको थियो । ‘आन्तरिक परीक्षा भए पनि योग्य शिक्षक छनोट हुने गरी परीक्षा लिन आयोगलाई भनेको छु,’ शिक्षामन्त्री पोखरेलले भने, ‘परीक्षाका लागि मात्र परीक्षा हुुनु हँुदैन ।’ यस पटक आन्तरिक परीक्षा लिएपछि अस्थायी शिक्षकको समस्या सधैंका लागि समाधान हुने विश्वास उनको छ । ‘पास हुनेले स्थायी भएर अध्यापन गराउनुहुन्छ,’ उनले भने, ‘फेल हुनेहरूलाई गोल्डेन हयान्डसेक गरेर बिदाइ गरिन्छ ।’ अध्यापन अनुमतिपत्र लिएर बसेका विद्यार्थीले खुला प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रकाशित : जेष्ठ २२, २०७५ ०७:४७

https://www.kantipurdaily.com/news/2018/06/05/152816402179889211.html — in Ramechhap, Janakpur, Nepal.

Categories: Mirmee News

दुर्घटनामा परे गायक राजेश पायल राई, अवस्था गम्भीर

काठमाडौं । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् ।

कलाकार पायलको टाउकोमा चोट लागेको छ । राईको अवस्था गम्भीर रहेको बताइएको छ । थप विवरण आउन बाँकी……

काठमाडौं । तेश्रो गुल्मी महोत्सवमा दर्शकलाई मनोरञ्जन दिन गएका कलाकार राजेश पायल राई गुल्मीको दुबीचौरमा दुर्घटनामा परेका छन् ।

कलाकार पायलको टाउकोमा चोट लागेको छ । राईको अवस्था गम्भीर रहेको बताइएको छ । थप विवरण आउन बाँकी……

Categories: Mirmee News

९ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी

क्यालिफोर्निया –  करिब ९ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी हुने गरेको फेसबुक कम्पनीले बताएको छ।

डाटा चोरी हुनेमध्ये करिब ११ लाख प्रयोगकर्ताहरू युकेका रहेको एक अनुसन्धानबाट पत्ता लागेको हाे । उक्त संख्यामा अधिकांश युवक रहेको बताइएको छ ।फेसबुक कम्पनीका संस्थापक मार्क जुकरबर्गले सामाजिक सञ्जाल फेसबुकका करिब ९ करोड प्रयोगकर्ताहरूको डाटा चोरी हुने गरेको पत्रकार सम्मेलनमा जानकारी दिए । फेसबुक कम्पनीबाट गल्ती भएको समेत जुकरबर्गले स्वीकार गरेका छन्।

Categories: Mirmee News

माया

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गर्यो…विवाह पछी दुबैको ज़िन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो…

उसले पत्नीलाई धेरै चाहन्थ्यो र उसको सुन्दरताको हमेशा तारीफ़ गरिरहन्थ्यो…तर केही महिना पछि पत्नीलाई छालाको रोग (Skin Disease) ले समात्यो र बिस्तारै बिस्तारै उसको सुन्दरता हराउँदै गयो…

आँफुलाई यस्तो देखेर उसको मनमा डरले घेर्न थाल्यो कि यदि उ कुरूप भइ भने उसको पतिले उसलाइ घृणा गर्न थाल्छ र उसले उसको घृणा सहन सक्दिन…

यतिकैमा एक दिन पतिलाइ कुनै काम बिशेष गाउँबाट बाहिर जान पर्यो…काम सकेर जब उ घर फर्किदै थियो, उसको accident भयो !. Accident मा उसले आफ्नो दुवै आँखा गुमायो! तर त्यसपछि पनि ति दुबैको जिंदगी सामान्य तवरमा अगाडी बढ्दै रहयो…

समय बित्दै गयो र छाला रोग (Skin Disease)को कारण पत्नीको आफ्नो सुन्दरता पुर्णरुपले गुमाएकी थिइ…

उ कुरूप भइ. तर अन्धो पतिलाइ यस बारेमा केही पनि थाहा थिएन…त्यसैले उनीहरुको खुशी विवाहित जीवनमा कुनै प्रभाव परेन …उसले पत्नीलाई पहिलाको झैं प्रेम गरीरहयो…

एक दिन उसको पत्नीको मृत्यु भयो…पति अब एक्लो भएको थियो…उ धेरै दु:खी थियो. उ त्यो शहर छोडेर जान चाहन्थ्यो…

उसले पत्नीको अंतिम संस्कार क्रियाविधि पूर्ण गर्यो र गाउँ छोडेर जान लाग्यो… त्यहीबेला एउटा मान्छेले पछाडीबाट उसलाइ बोलाउँदै भन्यो, “अब तिमी बिना सहारा एक्लै कसरी हिड्छौ? यतिका बर्ष त तिम्रो पत्निले तिम्रो मदत गरेकी थिइन.”पतिले जवाब दियो, “मित्र! म अन्धो होइन… मैले त सिर्फ अन्धो भएको नाटक गरिरहेको थिएँ… किनकी यदि मेरी पत्निलाइ थाहा हुन्थ्यो कि मैंले उसको कुरूपतालाइ देख्छु, भने उसलाई त्यस रोगले भन्दा धेरै पिडा दिन्थ्यो…

त्यसैले मैंले यतिका बर्ष अन्धो भएको नाटक गरें… उनि धेरै असल पत्नि थिइन… मैंले उनलाई खुशी राख्न चाहन्थे.”

शिक्षा:::खुशी रहनको लागी हामीले पनि एक अर्काको कमी कमजोरी प्रति आँखा बन्द गर्नु पर्दछ.. र ति कमी कमजोरीहरु लाइ नदेखे झैं गर्नु पर्दछ!

Categories: Mirmee News

क्रिकेट रंगशाला बनाउन जग्गा दिने भरतपुरकी मेयर रेनु दाहालको घोषणा

#क्रिकेट रंगशाला बनाउन जग्गा दिने भरतपुरकी मेयर रेनु दाहालको घोषणा

चितवन । अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम बनाउन धुर्मस सुन्तली फाण्डेशनलाई भरतपुर महानगरपालिकाले जग्गा उपलब्ध गराउने भएको छ । महानगरले रंगशाला बनाउन जग्गा दिनुका साथै आर्थिक सहयोगसमेत गर्ने घोषणा गरेको हो ।

सोमबार पत्रकार सम्मेलन गरेर महानगरकी मेयर रेनु दाहालले चितवन देशकै मध्यभाग भएको भन्दै स्टेडियम निर्माणका लागि चितवन पायक पर्ने ठाँउ रहेको बताइन् । उनले भरतपुर महानगरपालिका वडा नः २० मा रहेको चित्रवन रंगशाला निर्माण गर्ने स्थल धुर्मस सुन्तली फाण्डेशनलाई स्टेडियम निर्माणका लागि जग्गा दिने घोषणासमेत गरिन ।

‘उहाँहरुलाई चितवनमा आहृवान गर्छु’ मेयर दाहालले भनिन्, ‘हामीसँग प्रयाप्त समथर जग्गा छ, महानगरले सवै खाले सहयोग गर्छ ।’ उनले चित्रवन रंगशाला निर्माण स्थलमा १० विगाहा जग्गा रहेको जानकारी दिँदै थप जग्गा समेत उपलब्ध गराउने बताइन् ।

चालु बर्षको बजेटमा रंगशाला निर्माणका लागि भन्दै एक करोड रकम विनियोजन गरे जनाउँदै सो रकमबाटै काम सुरुवात गराउन सकिने महानगरले जनाएको छ ।

Categories: Mirmee News
Facebook Auto Publish Powered By : XYZScripts.com