चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार सुनको प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ रुपैयाँले वृद्धि भएको छ। चैत १० गते प्रतितोला ७२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आईतवार बाट ९२५ रुपैयाँ तोकेको छ।
अब दैनिक रुपमा अन्तर्राष्ट्रिय बजार अनुसार सुनचाँदीको मूल्य निर्धारण गरिने पनि महासंघले जनाएको छ।
