सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान

0 0
Read Time:1 Minute, 21 Second

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान गरिएको छ। 

ट्राफिक प्रहरी स्याङ्जाका प्रमुख रेशमबहादुर रानाभाटले भन्नुभयो, “जिल्लामा सवारी दुर्घटना शुन्य बनाउने अभियान अनुरुप चालक र सह–चालकलाई सम्मान गरेका हौं ।”  
जिल्ला ट्राफिक प्रहरी कार्यालयले स्याङ्जालाई दुर्घटना शुन्य बनाउन चालकलाई ‘कडा हैन मिठो कारबाही’ भन्ने अभियान चलाएको ट्राफिक प्रमुख रानाभाटले बताउनु भयो । उहाँका अनुसार विगत १ वर्षदेखि संचालित अभियानले दुर्घटनामा कमि आएको छ । 

साथै यो अभियान मा चालक सह–चालकलाई सम्मान गर्दै सवारी साधन चलाउँदा मादक पदार्थ सेवन नगर्नु, क्षमता भन्दा बढि यात्रु नराख्नु, गलत स्थानमा पार्किङ् नगर्नु लगाएतका विषयमा प्रशिक्षण समेत दिईएको थियो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Releated

मिर्मी बहुमुखि क्याम्पस प्रमुखको निधन

श्री भगवती नमुना उच्च मा.बि.का पुर्व प्रअ,समाज सेवि ,बुद्धिजीवी, निडर , शैक्षिक मूर्धन्य व्यक्तित्व पिताम्बर भटराईको निधन भएको छ । नया वर्ष को सन्ध्यामा यो खवरले मिर्मी बासिलाई निकै स्तब्ध बनाएको छ। केहि बर्ष देखी मधुमेह रोगबाट पीडीत भटराईको मंगलवार बिहान सुमेरु अस्पताल ललितपुरमा निधन भएको हो ।वहा काली गण्डकी गा.पा.शिक्षा समितिका सदस्य ,ने.रे.साे.श्री कृण्ण […]

स्याङ्जामा थपिए १० जना कोरोना संक्रमित

गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार स्याङ्जामा नयाँ १० जना कोरोना सन्क्रमित थपिएका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाका ८ जना र हरिनास गाउँपालिकामा २ जना गरी १० जना नयाँ कोरोना संक्रमित थपिएका हुन। वालिङ नगरपालिकाका ५ जना संक्रमितसँगै आएका ४२ जनाको स्वाब जेठ १८ गते पठाएकोमा बल्ल आज रिपोर्ट आयो । थप ८ जना संक्रमित भेटिए […]