साउनको सोमबार विशेषगरी महिलाहरु व्रत बसेर शिवको पूजा अाराधना गर्छन् । देशभरका शिवका मन्दिरहरुमा सोमबार भीड लाग्दछ। िशव मन्दिरमा साउनको सोमबार विशेष प्ुजा हुने गर्छ । यो वर्ष साउनको पहिलो सोमबार पशुपतिमा पूजा गर्न आउनेको संख्या धेरै भएकाले िभड लागेको छ । साउनको सोमबार भगवान शिवको पुजा,आराधना एवम् व्रत गर्नाले मनका इच्छा चाहाना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेका्े छ। साउनको सोमबारमा शिवलाई स्नान गरी जल चढाउँदा मनोकामना पुरा भई अटल सौभाग्य प्राप्त हुने शास्त्रीय मान्यता रही अाएकाे छ । विशेष गरी महिलाहरु हरियो पहिरनमा नारी भरी चुरा र हातमा मेहेंन्दी लगाएर भगवान शिवको पुजा आराधना गर्दै व्रत बस्ने गरी अाएकाे पाइन्छ ।
