मिर्मी बहुमुखि क्याम्पस प्रमुखको निधन

0 0
Read Time:2 Minute, 17 Second

श्री भगवती नमुना उच्च मा.बि.का पुर्व प्रअ,समाज सेवि ,बुद्धिजीवी, निडर , शैक्षिक मूर्धन्य व्यक्तित्व पिताम्बर भटराईको निधन भएको छ । नया वर्ष को सन्ध्यामा यो खवरले मिर्मी बासिलाई निकै स्तब्ध बनाएको छ।

केहि बर्ष देखी मधुमेह रोगबाट पीडीत भटराईको मंगलवार बिहान सुमेरु अस्पताल ललितपुरमा निधन भएको हो ।वहा काली गण्डकी गा.पा.शिक्षा समितिका सदस्य ,ने.रे.साे.श्री कृण्ण गण्डकी उपशाखाका अाजिवन सदस्य एवं सल्लाहकार सदस्य समेत रहनु भएको थियो। दुर्भाग्यवस् शैक्षिक स्तर सुधार गर्न लागिरहने एक कर्मठ योद्धाको आज स्वर्गारोहण भएको छ | स्कुललाई एस.एल.सी.परीक्षामा २/४ जना विधार्थीहरु त्यो पनि दिप्तिय/तृतीय श्रेणीमा पास हुने अवस्थाबाट हालको जिल्लाकै नमुना स्कूल हुदै बहुमुखी क्याम्पस तहसम्मको पढाई हुने स्तरमा पुर्याउन उहाले पुर्याउनु भएको योगदानको प्रसंशा जति गरेपनि कमि नै हुनेछ | स्कूल र कलेज अध्यापनको नियमित रुटिनबाट अवकाश भए पश्चात पनि उक्त स्थानको शैक्षिक गुणस्तर सुधार गर्न पछिल्लो २/३ वर्षको समयमा शारीरिक अस्वस्थताका बाबजुत पनि निरन्तर लागि नै रहनुभयो |

Pitambar Bhattarai, Campus Chief, Mirmee Multiple Campus

“आयो टप्प टिपि लग्यो टारेर टर्दैन त्यो इन्द्रै बिन्ती गरुन झुकेर पदमा त्यो बिन्ती सुन्दैन त्यो”

वहाले विध्यालय ,समाज प्रति दिएको योगदान अतुलनिय छ । यस दुखद घडीमा दिवगत अात्माकाे चिर शान्तिकाे कामना गर्दै परिवारजन , आफन्तजन, साथिभाई, शुभचिन्तक सबैप्रति गहिरो समबेदना !

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Releated

स्याङ्जामा थपिए १० जना कोरोना संक्रमित

गण्डकी प्रदेश स्वास्थ्य निर्देशानालयका अनुसार स्याङ्जामा नयाँ १० जना कोरोना सन्क्रमित थपिएका हुन् । स्याङ्जाको वालिङ नगरपालिकाका ८ जना र हरिनास गाउँपालिकामा २ जना गरी १० जना नयाँ कोरोना संक्रमित थपिएका हुन। वालिङ नगरपालिकाका ५ जना संक्रमितसँगै आएका ४२ जनाको स्वाब जेठ १८ गते पठाएकोमा बल्ल आज रिपोर्ट आयो । थप ८ जना संक्रमित भेटिए […]

भगवती नमुना मा वि काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन

भगवती नमुना मा वि काे शैक्षिक सत्र २०७६ काे वार्षिक परीक्षाकाे नतिजा प्रकाशन गरीएकाे छ । देशभरि काेराेनाकाे महामारीको कारण नतिजा सामाजिक संजालमा राखिएकाे छ ।