Sat. Apr 4th, 2020

Mirmee

A window to global village…

पर्यटन र भाइरल संक्रमण

Passengers at Beijing airport on January 26, 2020. (Keystone / Wu Hong)

टीकाराम सापकोटा

पर्यटन उद्योग अत्यन्तै सम्वेदनशील हुन्छ । यो उद्योग मानवीय आवतजावतबाट मात्रै सृजना हुने हुँदा जव मानवीय आवतजावतमा समस्याहरु उत्पन्न हुन्छन तव पर्यटन उद्योग पनि संकटग्रस्त हुने गर्दछ । विश्वको जुनसुकै कुनामा जे जस्ता घट्नाहरु भएपनि यसले यहाँको पर्यटनलाई असर पारेकै हुन्छ । जोखिम बढी वहन गर्नुपर्ने पर्यटन उद्योग भोलि के हुन्छ भनी भविष्यवाणी गर्न पनि कठिन हुन्छ । हरेक वर्ष केही न केही सोच्दै नसोचेको घट्नाहरु अचानक एक पछि अर्को आइरहँदा पर्यटन उद्योग पनि रुग्ण भइरहन्छ ।
विश्व पर्यटन संगठनको तथ्याङक हेर्दा सन २०१८ मा विश्वमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन १.४ मिलियन ( एक अरव ४० करोड ) पुगेको छ । जुन सन २०१७ को भन्दा ५ प्रतिशत वढी छ । इन्धनको मूल्यमा आएको स्थिरता, आधुनिक सञ्चारको विकास, मध्यम वर्गहरुले भ्रमण खर्च गर्न सक्ने सामाथ्र्य बढ्नु, भ्रमण लागत कम हुँदै जानु, प्रवेशाज्ञामा सरलीकरण र सहजता आदि कारणले वर्षेनी अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमनमा वृद्धि भइरहेको छ ।
अन्तर्राष्ट्रिय पर्यटक आगमनको वृद्धिसंगै पर्यटनबाट सृजना हुने आम्दानी पनि सन २०१८ मा करिव १.७ ट्रिलिएन डलर छ । जुन २०१७ को तुलनामा ४ प्रतिशतको वृद्धि हो । विश्वमा निर्यात हुने वस्तु तथा सेवामा तेश्रो स्थान पर्यटनले लिएको छ । यसमा प्रथम केमिकल, दोश्रो इन्धन, चौथो अटोमोवाईल र पाँचौमा खाद्यपदार्थ पर्दछ ।
अन्तर्राष्ट्रिय पर्यटकको आगमन दर विश्वको अन्य महादेशको तुलनामा एशिया प्यासिफिक क्षेत्रमा सवैभन्दा बढी ७ प्रतिशत छ । सन २०१८ मा अन्तर्राष्ट्रिय पर्यटक भित्रयाउने राष्ट्रहरु मध्ये चीन टप चौथो नम्वरमा पर्दछ । फ्रान्स, स्पेन र यु.एस.ए क्रमश प्रथम, द्वितीय र तृतीय नम्बरमा रहेका छन् भने इटाली पाँचौ नम्बरमा छ ।
सन २०१८ मा चीनबाट १५० मिलियन ( १५ करोड ) चिनियाहरुले पर्यटकका रुपमा विश्व भ्रमण गरेका छन । विश्वमा सवैभन्दा धेरै खर्च गर्ने पर्यटकहरुमा पनि चाइनिजहरु नै देखिन्छन । खर्च गर्ने यस तथ्याङकमा अमेरिका दोस्रो नम्वरमा रहेको छ ।
नेपालको पर्यटनको तथ्याङक हेर्दा अध्यागमन विभागका अनुसार सन २०१९ मा नेपालमा जम्मा ११ लाख ९७ हजार १९१ पर्यटक आएका हुन । जसमध्ये २५ लाख ४ हजार १५० भारतीय, र १६ लाख ९ हजार ५४३ चाईनिज पर्यटक हुन् । नेपाल आएका पर्यटकहरु मध्ये दोस्रो ठूलो संख्या चाईनिज पर्यटकहरु भएकोले चीन नै नेपालका लागि पर्यटनको महत्वपूर्ण बजार हो । नेपाल आगमन भएका अन्तर्राष्ट्रिय पर्यटक मध्ये २९.४ प्रतिशत सार्क राष्ट्रबाट २९.२ प्रतिशत एशिया ( सार्क बाहेक ) बाट आएका हुन । तसर्थ नेपालको पर्यटनको मुख्य स्रोत बजार भनेको नै भारत र चीन हुन ।
सन २०२० लाई नेपाल सरकारले भ्रमण वर्ष मनाईरहेको छ । वार्षिक २० लाख पर्यटक भित्र्याउने महत्वपूर्ण लक्ष्यका साथ मनाईरहेको यस भ्रमण वर्षको पूर्व सन्ध्यामा निराशाजनक भएको छ । अन्नपूर्ण क्षेत्रमा भएको हिमपात र चीनबाट फैलिएको क्रोनोभाईरसको कारणले पर्यटकको आगमन अप्रत्याशित रुपले घटेको छ । मानिसको आवतजावतमा यस्ता प्रकारका सरुवा रोगहरुको कारणले उल्लेख्य कमी भएको इतिहासले देखाउछ ।
सन १९९७ मा रोज रिभर भाइरसले फिजीमा करिव ३० हजार जति मानिस प्रभावित भएका थिए । सो समयमा यो भाइरस फिजी जाने पर्यटकबाट फिजिमा पुगेको बताईएको थियो । सन २००१ मा न्यूयोर्कमा भएको आक्रमण, २००२ मा बालीको पर्यटकीय स्थलमा भएको आक्रमण, २००३ मा फैलिएका सार्सको महामारी, २००९ को स्वइन फ्लु भाइरस, २००९ मा मेक्सिकोमा फैलिएको एच १ एच १ एन १ भाइरस, बेलाबेलामा फैलिने एलोफिवर, रोज रिभर, डेङगू भाइरस आदि कारणबाट विश्वको पर्यटनमा ठूलोे नकारात्मक असर परेको छ ।
हालसालै चाइनिजहरुको लुनार नयाँ वर्षको अवसरमा क्रोनोभाइरस संक्रमणका कारण ३ विलियन ट्रिप्सहरु वन्द भएको तथ्याङक पाईएको छ । चाइनिजहरु सवैभन्दा बढी भ्रमण गर्ने यस सिजनमा जनवरी १० देखि फ्रेब्रुेवरी १८ सम्म ७९ मिलियन चाइनीज यात्रुहरुले हवाई यात्रा लिने अनुमान गरिएको थियो ।
सन २००३ मा सार्सका कारण ९१६ जनाले ज्यान गुमाएका थिए । जसका कारण ४ महिना अवधिमा २.६ प्रतिशत अन्तर्राष्ट्रिय पर्यटक घटेका थिए । एशिया प्यासिफिक क्षेत्रमा २००३ को लेट मार्चबाट अप्रिल सम्म १० प्रतिशत र हङकङमा मात्र ५० प्रतिशत पर्यटकहरु घटेका थिए । हङकङको पर्यटक आगमन दर अप्रिल र मे २००३ मा क्रमश ६४.८ प्रतिशतर ६७.९ प्रतिशतले हवात्तै घटेको थियो । सो सार्स रोग चीनको ग्वाङ्गडोन प्रान्तबाट देखिएको थियो । पछि सो रोग हङकङ हुँदै २९ वटा देशमा फैलिएको थियो । तत्कालीन समयमा चीनको ग्वाङ्गडोन प्रान्तबाट एक जना फिजिसियन हङकङ गई एक स्थानीय होटलमा वास बस्दा त्यहाँबाट सो रोग अन्य गेष्टलाई सरी हङकङ प्रभावित भएको तथ्य पछि पुष्ट गरिएको थियो ।
यसरी विगतमा भएको भाइरसबाट हुने सरुवा रोगको सक्रमण र यसले पर्यटनमा पारेको प्रभावलाई विश्लेषण गर्दा सरुवा रोगकै संक्रमणवाट प्रभावित गन्तव्य स्थलहरुको पर्यटनको आगमनलाई पुरानै अवस्थामा पु¥याउन सामान्य अवस्थामा १९ महिना र सरकारले प्रभावकारी व्यवस्थापन गर्न सके १० महिना लागेको देखिन्छ । सरुवा रोगसंगसंगै विमानस्थल, सीमा नाका वन्द हुनु वायुसेवाहरु अवरुद्ध हुनु आदिवाट पर्यटनमा नसोचेको र दीर्घकालीन असर हुन्छ ।
नेपाल भ्रमण वर्ष २०२० मा चिनिया पर्यटकहरु उल्लेख्य वृद्धि हुने विशेष गरी चिनिया राष्ट्रपतिको नेपाल भ्रमण पश्चात ठूलो अपेक्षा गरिएको थियो । अव चीनबाट आगमन हुने पर्यटक असाध्यै न्यून हुने हुँदा नेपाल भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटक भित्र्याउन हामीले छिट्टै नै प्रभावकारी रणनैतिक योजना वनाई लागू गरिहाल्नु पर्दछ । देशमा यति ठूलो लगानी रहेको पर्यटन व्यवसायलाई दिगो राख्न अव सार्क राष्ट्र सहित मिडिल इष्टका देशहरुबाट पर्यटक ल्याउने कार्यक्रम तुरुन्त थाल्नु पर्दछ । सरकारले पर्यटन व्यवसाय संरक्षण गर्न स्वदेशी पर्यटनलाई नीतिगत रुपमै प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्दछ ।
प्रमुख स्रोत बजार चीनमा भाईरसका कारण र भारतमा पनि हालसालै देखिएको आर्थिक मन्दीले नेपालको पर्यटनमा नकरात्मक असर पर्न सक्ने हुनाले यस वर्षको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रियस्तरका खेल, स्वास्थ्य, शिक्षा, वातावरण, संस्कृति, धर्म आदि सम्वन्धी अन्तरक्रिया सम्मेलन वैठक आदि नेपालमा राख्न तुरुन्त पहल गर्नुपर्दछ । धार्मिक तथा सांस्कृति पर्यटनलाई विशेष प्राथामिकतामा राखी तदनुसार कार्ययोजना बनाउनु पर्ने देखिन्छ ।
(लेखक: नेपाल पर्यटन वोर्डका पूर्व सदस्य हुन । )

Copyright © All rights reserved. | Newsphere by AF themes.