Sun. Jan 19th, 2020

Mirmee

A window to global village…

चिरागमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

स्याङजाको गल्याङ बजारमा अवस्थित चिराग आवासीय माध्यमिक विद्यालयमा जिल्ला स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

जिल्ला भरिका कुल २९ वटा विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भगवती माध्यमिक विद्यालय मिर्मी प्रथम भएको छ । यस्तै भुपुु सैनिक आसावीय माध्यमिक विद्यालय स्याङजा द्धितिय हुन सफल भएको छ । भने भुुपुु आवासीय माध्यमिक विद्यालय भिरकोट तृतिय र भुपुु सैनिक आवासीय माध्यमिक विद्यालय गल्याङ सान्तवना भएका छन् । विजेता हुने सम्पुर्ण विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमको उद्धघाटन गर्दे गल्याङ नगर शिक्षा शाखाका प्रमुख केदारनाथ आर्चायले विद्यार्थीको बौद्धिक क्षमता पहिचान गर्न हाजिरीजवाफ प्रतियोगिता महत्वपुर्ण रहेको बताउनुुभयो । उहाँले विद्यार्थीलाई गुणस्तरिय शिक्षाका साथै अतिरिक्त क्रियाकलापमा पनि समावेश गर्दा विद्यार्थीको समग्र पक्षको विकास हुने बताउनुुभयो । साथै उहाँले नगर भित्रका विद्यालयको सुधारका लागि नगरपालिका खटिरहेको बताउनुुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रेमराज श्रेष्ठले भुुपुु विद्यार्थीले गरेको कार्य प्रशसनिय रहेको बताउदै आगामी दिनमा पनि रचनात्मक कार्य गर्न सुझाव समेत दिनुुभयो ।

भुुपुु विद्यार्थी मञ्च चिराग आवासीय माध्यमिक विद्यालयका पुर्व अध्यक्ष किसान श्रेष्ठको स्वागतबाट सुुरु भएको कार्यक्रम भुुपुु विद्यार्थी मञ्चका अध्यक्ष सन्तोष भण्डारीको सभापतित्वमा भएको थियो । 

Copyright © All rights reserved. | Newsphere by AF themes.