गोरखामा पहिलोपटक १० जनामा कोरोना संक्रमण

Reiwa Ichi

गोरखाको गण्डकी गाउँपालिकाका ९ र पालुङटार नगरपालिकाका एक जनामा कोरोना संक्रमण देखिएको छ ।

गण्डकी गाउँपालिकाका संक्रमितहरु २० देखि ४३ वर्ष उमेर समूहका छन् भने पालुङटार नगरपालिकाका संक्रमित १७ वर्षीय युवक हुन् । उनीहरुमध्ये ९ जना क्वारेन्टिनमा थिए भने एक जना प्रहरी हिरासतमा थिए ।उनीहरुको यही जेठ २० गते पीसीआर परीक्षणका लागि नमूना संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरा ल्याइएको थियो ।

गण्डकी गाउँपालिकाको रत्नेश्वर मावि दर्वुङ र भिमोदय आधारभूत विद्यालयको क्वारेन्टिनमा रहेका ४–४ जना र ज्ञानमार्ग माविको क्वारेन्टिनमा रहेका एक जनामा कारोना देखिएको बताइएको छ । उनीहरुमध्ये आठजना भारतबाट आएका हुन् ।

संक्रमितहरुलाई जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा लगिने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

Next Post

सुनको मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ

चैत ११ गतेदेखि कारोबार बन्द भएको सुन-चाँदीको मूल्य आइतबार सुनको प्रतितोला ८७ हजार ४ सय रुपैयाँ कायम गरिएको छ। यसअघि चैत १० गते प्रतितोला सुन ७७ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार साढे दुई महिनामा १० हजार ४ सय रुपैयाँले सुनको मूल्य बढेको हो। यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला २०५ […]

Subscribe US Now