गाेरखाकाे धार्चे गाउँपालिका–३ खोर्लाबेंसीबाट प्रहरीले अवैध सुन बरामद गरेको छ ।
प्रहरी ले बताए अनुसार खोर्लाबेंसीको ओडार नजिक ढुंगाले च्यापेर राखेको अवस्थामा १६ किलो सुन बिहीबार बिहान बरामद भएको हो । प्रहरी स्रोतले १६ किलो सुन बरामद भएको बताए पनि सुनको परिमाणबारे केही पनि जानकारी दिएको छैन ।
लगभग २७ दिनदेखि वेपत्ता बनेका यारुवगरका धनकमल गुरुङले उक्त ठाँउमा लुकाएर राखेको आशंका गरिएको छ। गुरुङलाई बुधबार प्रहरीले पक्राउ गरेको थियो। ‘धनकमल पनि सँगै आएर सुन भएको स्थल देखाए,’ एक स्थानीयले भने, ‘अनि प्रहरीलाई पनि सजिलो भयो।’
तिब्बतबाट सुन ल्याएको लुटेराले सुइँको पाएपछि धनकमल सुन लुकाएर सम्पर्कविहीन बनेका थिए। सुनसहित उनलाइ प्रहरीले अहिले सदरमुकाम तरफ ल्याउँदै छ। धनकमल समातिएको एसपी ओम अधिकारीले बताएका छन् ।
‘सुनको बारेमा अहिलै केही भन्न सक्दिनँ । मान्छे आउँदै छन्, अनुसन्धानपछि मात्र यसबारे पुष्टि गर्छौं,’ अधिकारीले भने।