कोरोना भाइरसको महामारी नेपालमा बढ्दो छ । COVID-19 का कारणले नेपालमा मृत्यु हुनेको संख्या १३ पुगेको छ । डोल्पामा र धनगढीमा महिला र पुरुषको मृत्य भइसकेपछि हिजो शनिबार बल्ल कोरोना प्रमाणित भएको हो । उनीहरुको पछि स्वाब परिक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि स्वास्थ्य मन्त्रालयको प्रेस मिटमा जानकारी मन्त्रालयका प्रवक्ताले जानकारी दिए । डोल्पाका पुरुष दमको विरामी थिए भने धनगढीकी महिला मिर्गौलाको बिरामी थिइन् ।  शनिबार थप  ३२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरि स्याङजामा आज पनि १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यसैगरि स्याङजामा अब कोरोना संक्रमितको संख्षा ३७ पुगेको छ । स्याङजाको वालिङ नगरपालिकामा १३ जना र भिरकोट नगरपालिका का १ जना मा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु सबै हालै भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । यसका साथ गण्डकीमा कोरोना संक्रमितको संख्या ११३ पुगेको छ । अहिलेसम्म ३ जना निको भइ घर फर्किसकेका छन् ।

Comments are closed