Sun. Jan 19th, 2020

Mirmee

A window to global village…

कालिगण्डकी गाउँपालिकाको अध्यक्ष कप सम्पन्न

1 min read

सबैका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद , राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराको साथ कालिगण्डकी गाउँपालिकाको ३ दिने दोस्रो अध्यक्ष कप सम्पन्न भएको छ । 


कालिगण्डकी गाउँपालिका स्थित भपिङ खेल मैदानमा अध्यक्ष कपको उद्धघाटन गर्दै भुमि व्यवस्था , सहकारी तथा गरिबी निबारण मन्त्री पद्या कुमारी अर्यालले भर्खरै सम्पन्न भएको साफ खेलकुदमा नेपाली खेलाडीले नेपालको नाम बिश्व ईतिहाँसमा चिनाएको बताउँदै खेलाडीहरु राष्ट्रको लागि गहना भएको बताएकिछन ।  
समाजबाद उन्मुख बाटोमा हिँडन सबै राजनैतिक दलले संबिधानमा उल्लेख गरेको बताउँदै बिभेदको खाडल पुर्दै समान्तामुलक समाज निर्माण गर्न सरकार अगाडी बढेको बताईन् । सरकार समृद्ध मुलुक निर्माण गर्न अगाडी बढेको मन्त्री अर्यालले बताउँदै ईतिहाँसमा नभएको प्रगती आर्थीक श्रेत्रमा भएको बताईन् ।

गत बर्ष महिला र पुरुष स्तरीय भलिबल खेलाईएको थियो भने यस बर्षको अध्यक्ष कपमा टेबल टेनिस थप गरिएको गाउँपालिका अध्यक्ष खिम थापाले बताए । उनले भने, ‘भौतिक पुर्बाधारको बिकाश गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्दै प्रत्येक बर्ष नयाँ खेल थपिँदै गईनेछ । ’ गाउँपालिकाको १५ लाख बिनियोजित रकमबाट उक्त कपको आयोजना गरिएको हो ।

Photo taken from facebook
Photo taken from facebook
Copyright © All rights reserved. | Newsphere by AF themes.