Thu. Nov 21st, 2019

Mirmee

A window to global village…

उद्योगी, व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

उद्योगी, व्यवसायीहरुले कर चार गुणा वृद्धि गरिएको भन्दै सरकारको आलोचना गरेका छन् ।

Image result for अर्थमन्त्रालय

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढी हुने गरी वृद्धि गरेको भन्दै विराेध गरेका छन ।

आइतबारबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले व्यापारीहरू मारमा परेकाे भन्दैसरकारकाे ध्यानअाकषर्ण हुनुपर्ने बताए । उनले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता जनाए ।

आइतबारबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत व्यवसायीहरु करको दोहोरो मारमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमारले व्यवसायीलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने पनि बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गरे । उनले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकको उद्योगधन्दा फष्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Copyright © All rights reserved. | Newsphere by AF themes.